Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

दैलेखमा तोकियो अटो रिक्साको भाँडादर

दैलेख  : दैलेखको नारायण नगरपालिकामा संचालित हुने अटो रिक्साको भाडादर कायम गरिएको छ । नारायण नगरपालिका, जिल्ला प्रहरी,जिल्ला ट्राफिक कार्यालय अगुवाईमा भएको बैठकले ५० रुपिँया देखी दुई सय सम्म भाडादर कायम गरिएको छ ।
एक किलोमिटर भन्दा कम दुरीमा यात्रुले ५० रुपिँया तिर्नु पर्ने छ । दैलेखको देवकोटा चोकलाई केन्द्र मान्दै जिल्लाका विभिन्न स्थानमा जान प्रतिब्यक्ति ५० रुपिँया देखी दुई सय रुपिँया सम्म भाडादर तोकिएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख दिपेन्द्र केसीले देवकोटाचोक बाट काँडाचौर ,जिल्ला अस्पताल, नयाँगाउँ, कामसेन,कोलटाकुरा,किमुगाउँ बडावनको भाडादर ५० रुपिँया तोकिएको बताए । उनले कार्कि चौतारा,माथिल्लो तर्ताङ,नारायण मन्दिर सम्मको भाडा ६० रुपिँया, तल्लोतर्ताङ ,पञ्चदेव, खुसीर्नीवारी, ,मौलाडाडाँ र माल्ली सम्मको भाडा प्रतिब्यक्ति ७५ रुपिँया, चौतारा,मालिका चौक,पिउँसे,कालिमाटि बुढि मन्दिर गीरी मोडको भाडा एक सय, देवकोटा चोक देखी कल्यालचोक,चुप्रा बजार,कोटिला,श्रस्थिान मन्दिर सम्मको भाडा एक सय २५ रुपैया र देवकोटा चोक देखी रातापानी,पिपलडाँडा सम्म एक सय ५० रुपैया र तामेखोला,भनभने,भवानी सम्मको भाडा प्रतिब्यक्ति दुई सय तोकिएको जानकारी दिए । उनले यस अघि अटो रिक्सा र टेम्पोहरुले आफु खुसी भाडा लिने गरेको र अब करिब ५० प्रतिशत भाडा दर घटाईएको बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद शाहले छोटो दुरीका लागि अन्य सार्वजनिक सवारी साधन नहुँदा अटो रिक्सा चढ्नु पर्ने दैलेखका नागरिक चालकले मनपरी भाडा असुल्दा यात्रुहरू मारमा परेको गुनासो आएपनि यो निर्णय गरिएको बताए । उनले नगरपालिका बजार क्षेत्रका १० स्थानमा सवारी साधनहरु एक तर्फि÷दुई तर्फि संचालन,प्रवेश निषेध,बसपार्क,यात्रु चढाउने÷ओराल्ने मात्र सांकेतिक १३ वटा बोर्डहरु राखिएको बताए । उनले भने  एक ठाउँमा बसपार्क छ अर्कै ठाउँमा पार्किङ गर्ने समस्या समेत समधान भएको बताए ।
आटो रिक्साको भाडा घटाए संगै जेष्ठनागरि र अन्ययात्रुहरु समेत खुसी भएका छन । जेष्ठनागरिक समाजका अध्यक्ष बिर बहादुर भण्डारीले आटो रिक्सा चालकले मनपरी भाडाँ लिने र उनीहरुले तोकेको भाँडा नदिए छोडेर जाने गरेको बताए । उनले भने भाडाँ दर नयाँ कामय गरिएपनि कतिपय चालकले आफुले लुकिछिपि मंहगो भाडा लिनेगरेको गुनासो आएको भन्दै त्यसलाई कडाईका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने बताए ।