Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

दैलेखमा थपीए साढे तीन हजार मतदाता

दैलेख  : दैलेखमा पहिलो र दोस्रो चरणमा संचालन गरिएको फोटो सहितको मतदाता नामवलीमा तीन हजार पाँच सय ९९ जना मतदाता थपिएका छन ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख मनमाया काउचाले पहिलो चरणमा पाँच स्थानीय तह र दोस्रो चरणमा चार स्थानीय तह गरी फोटो सहितको मतदाता नामवली संकलन गरिएको बताइन । उनले पहिलो चरणमा आठबिस नगरपालिका,चामुण्डाबिन्द्रासैनी नगरपालिका,महावु गाउँपालिका,गुराँस गाउँपालिका,भगवतिमाई गाउँपालिका र दोस्रो चरणमा ठाटिकाँध गाउँपालिका,भैरवी गाउँपालिका,नौमुले गाउँपालिकार डुगेश्वर गाउँपालिकामा मतदाता नामवली संकलन गरिएको जानकारी दिइन ।

उनले भन्नि ११ स्थानीय तह मध्ये नारायण नगरपालिकाको जिल्ला प्रशासन कार्यालय दैलेख र निर्वाचन कार्यालयमा मतदाता नामवली संकलन गरिएको र दुल्लु नगरपालिकाको इलाका प्रशासन कार्यालयमा नामवली संकलन गरिएको हो । निर्वाचन कार्यालयले मङसिर १७ गते देखि पहिलो चरण र मंङसिर २८ गते देखी पुस ८ गते फोटो सहितको मतदाता नामवली संकलन सुरु गरेको थियो ।

 

स्थानीय तहको निर्वाचन नजिकै आएका कारण पनि स्थानीय जनप्रतिनधिले प्रत्येक टोल बस्तीमा पुगेर फोटो सहितको मतदाता नामवली संकलन गर्न अभियान नै चलाएको कारण पनि मतदाता बढेको निर्वाचन कार्यालय दैलेखले जानकारी दिएको छ । स्थानीय तहको निर्वाचन लक्षित गरि मतदाता नामवली संकलन गरिएको हुँदा कोही नागरिक आफ्नो मतदाधिकारको प्रयोग बाट बञ्चित नहोस भनेर स्थानीय तहका जनप्रतिनधि र पार्टिीका नेताहरुले अभियान नै संचालन गरेका थिए ।

निर्वाचन अधिकारी काउचाले करिव पाँच हजार जनाले मतदाता नामवली संकलन हुने अनुमान गरिएको भएपनि तीन हजार पाँच सय ९९ जना मात्रले मतदाता नामवली बनाएको बताइन । उनले २०७४ स्थानीय तहको निर्वाचनमा एक लाख ४२ हजार ३९२ मतदाता रहेको र २०७७ साल चैत्र ५ गते सम्म एक लाख ५५ हजार ३१५ जना रहेको र अव एक लाख ५८ हजार ९१४ जना मतदाता पुगेको जानकारी दिइन ।