Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

तरकारीको मुल्य निर्धारण नहुँदा किसान मारमा

दैलेख  :  नारायण नगरपालिका –२ का वडा अध्यक्ष रेशम कुमार थापा राजनैतिक संगै ब्यबसायिक तरकारी खेती गर्छन । उनले दैनिक दैलेख सदरमुकाममा तरकारी बेच्छन तर आफुले तोकेको मुल्य कहिले पनि पाउदैन । नारायण नगरपालिका –२ की रत्ना थापालको पीडा उस्तै छ । बजार अभाव र बिचौलीका कारण आफुले भनेको मुल्यमा तरकारी बेच्न नपाउने गरेको गुनासो गरिन । उनीहरु मत्र होइन नारायण नगरपालिकामा ब्यबसायिक तरकारी खेती गर्ने किसानले आफ्नो तरकारी उत्पादन गर्दा लाग्ने खर्च जोडेर तरकारीको मुल्य तोकेको भएपनी आफुले भनेको मुल्य कहिले पनि नपाउने गरेको गुनासो गरेका छन ।
स्वाबलम्बी एकता समाज दैलेखले आयोजना गरिएको नगर स्तरीय मुल्य शृखला परामर्श गोष्ठिमा बोल्दै अधिकाँस जनप्रतिनधि र किसानले तरकारीमा बिचौलियाका कारण आफुहरु मुल्य नपाँउने गरेको गुनासो गरेका हुन । नगरपालिकामा तरकारी ब्यबसाय गर्दै आएका ब्यापारीहरुले किसानले उत्पादन गरेको तरकारी सस्तोमा राख्ने र महंगोमा बेच्ने गरेको जनप्रतिनिधिले आरोप लगाएका छन ।

नारायण नगरपालिका १ का वडाअध्यक्ष तिर्थनारायण श्रेष्ठले किसानले टाँडा बाट बोकेर ल्याएको तरकारी बजारका ब्यबसायीले सस्तोमा राख्ने र महंगोमा बेच्ने गरेको बताए । उनले किसानले ल्याउँदा बजार छैन सस्तोमा दिनहुन्छ राख्छौ नत्र लैजानुहोस भन्ने गरेका कारण किसान बाध्य भएर मुल्य नपाँउदा समेत बेच्ने गरेको बताए । उनले भने सुर्खेत नेपालगञ्ज पठाउँन एकै किसान संग धेरै तरकारी हुैदन दैनिक डोकोमा बोकेर ल्याउने र बिक्रि गर्ने किसान वास्तबमा समस्यामा छन ।

नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले नारायण नगरपालिकामा हाट बजारको ब्यबस्थान गर्ने तयारी गरेको भएपनि नसकिएको बताए । उनले किसानले उत्पादन गरेको तरकारी संकलन केन्द नलिने र आफै बेच्ने गरेका कारण पनि मुल्य नपाएको बताए । उनले नगरपालिकाले किसान लाई डोकोमा बोकेर तरकारी बेच्न समस्या नहोस भनेर गाडी बाट नै तरकारी बिक्रि बितरण लागि ब्यवस्था गरिएको बताए ।

उनले कृति देवल कृषि सहकारीलाई १० लाख अनुदान दिएको बताउँदै अव त्यो गाडीले प्रत्येक किसानको घरमा गएर तरकारी खरिद गर्ने बताए । उनले सहयोगि दाताहरुलाई सदरमुकामा संकलन केन्द्र निर्माणका लागि सहयोग गर्न आग्रह गरे ।