Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

१५६ जनाको मोतिबिन्दुको शल्यक्रिया

दैलेख  :  जिल्लाको ठाटिकाँध गाउँपालिकामा –६ संचालन भएको निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा १५६ जनाकोे शल्यक्रिया गरिएको छ । चौधरी फाण्डेशन नेपाल,नबिल बैक तेज कोइली एण्ड रुती फाण्डेशनको आर्थिक सहयोग र आखाँ अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गरिएको थियो ।

मोतिबिन्दु शल्यक्रिया शिविर राख्नु अघि आठबिस नगरपालिका,ठाँटिकाँध गाउँपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा आँखा शिविर राखिएको र त्यहाँ बाट शल्यक्रिया गर्नु पर्ने बिरामीलाई ठाँटिकाँध गाउँपालिका –६ मा रहेको मालिका माबि पाचलमा मोतिबन्दिु शल्यक्रिया शिबीर आयोजना गरी १५६ जनाको शल्यक्रिया गरिएको गाउँपालिकालेल जानकारी दिएको छ ।

 

ठाँटिकाँध गाउँपालिका –६ का अध्यक्ष मन बहादुर सिजापतिले तीन वटै पालिकाका नागरिकले आँखाको शल्यक्रिया गरेको बताए । उनले आर्थिक अवस्था कमजोर भएका नागरिकले घर आँगनमै संचालन भएको शिविर मार्फत अप्रेशन गर्न पाएको भन्दै सहयोगी अन्य निकायलाई धन्यबाद दिए । उनले शिविर तीन दिन सम्म चलेको बताए ।

ठाँटिकाँध गाउँपालिका –६ का ७६ वर्षिय हर्क बहादुर शाहीले आफुहरुले आफ्नै आगँनमा आँखाको अप्रेशन गर्न पाएको भन्दै खुसी ब्यक्त गरे । उनले भने उपचारका लागि नेपालगञ्ज वा सुर्खेत जानु पर्ने बाध्यता थियो गाउँमै शिविर भएपछि आफुहरु खुसीभएको प्रतिक्रिया दिए ।