Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

देउता रिसाउने डरले छाउँगोठमै

दैलेख  :  दुई वर्ष अघि सकारले छाउँगोठ अिभयान संचालन ग¥यो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र स्वास्थ्य राज्यमन्त्री नवराज रावत र महिला तथा बालबालिका मन्त्रालयका सचिव लगायतको टोलीले जिल्लाका विभिन्न स्थानमा रहेको छाउँगोठ भत्कायो । स्थानीय सरकारका प्रमुख उप प्रमुखहरुले अव छाउँ वार्नेलाई सरकारी सेवा सुबिधा कटौती गरेर पनि छाउँपडि प्रथा उल्मुलन गर्ने घोषणा नै गरे ।

सरकारले नै छाउँगोठ भत्काउने अभियान संचालन गरेपछि गुराँस गाउँपालिका–१ की गिता कुमारी रावल (खड्का)को मन खुसी भयो । अव छाउँगोठमा सुत्नुपर्दैन । अव कसै किशोरीले छाउँगोठमै बसेका कारण अकालमै मुत्युको मुखमा पुग्दैनन । छाउँगोठ भत्काउदा खुसी हुने उनी अहिले आफ्नै घर नजिकै रहेको छाउँगोठमा बस्न बाध्य छन ।

महिनावारी भएको बेला आफुलाई देउताले कमाउने गरेपछि बाध्यभएर छाउँगोठ बसेकी छु । उनले भन्नि महिलाहरुका लागि छाउँगोठ भत्काउने अभियान राम्रो हो तर घरको देउताले नमाने भएपछि सात दिन सम्म छाउँ गोठमै बस्छु । छाउँ नबार्ने हो भने बण्डाली देउताले कमाउँछ बण्डाली देउता मान्ने हामी सबै छाउँगोठमै बस्छौ ।

महिला सशक्तिकरण मञ्च नेपालकी अध्यक्ष सुनिता चन्दले छाउगोठमा बस्दा वर्षायामाको समयमा चुहिने गोठ र पुष माघ महिनाको जाडोले सताउने समस्याबाट पनि महिलाहरुले मुक्ति नपाएको बताइन । उनले गाउँपालिका र अन्य केही गैससले पनि छाउँगोठ सम्बन्धि काम गरेपनि त्यसको न्युनीकरण नसकेको बताइन । उनले छाउँपडि प्रथा उन्मुलन भन्दा पनि छाउँवार्नु पर्ने बाधयतामा रहेका गरिव बिपन्न महिलाहरुलाई सुरक्षीत आवासको ब्यबस्था तर्फ सबै लाग्नु पर्ने बताइन । उनले थपीन हामीले त्यसो गर्दा छाउँ प्रथालाई प्रसय दिएको जस्तो देखिएपनि महिलाहरु सुरक्षित हुन्छन ।

सामाजिक सेवा केन्द्र सोसेक नेपालबा बाल संरक्ष्ाँण अधिकृत निर्मल अधिकारीले परियोजना मार्फत शिक्षा,स्वास्थ्य र बाल संरक्षणका सवालमा काम गरिरहेको बताउँदै छाउँपडि सम्बन्धि कुनै काम नगरेको बताए । उनले गाउँपालिकामा छाउँपडि देखिएपछि त्यसलाई कार्ययोजना बनाएर अगाडी बढ्ने बताए ।

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गाउँपालिकामा छाउँपडि भएको जानकारी पाएपछि उपाध्यक्षको नेतृत्वमा टोली बनाएर प्रत्येक बस्तीमा पुगेर जनचेतना जागाउँने र छाउँगोठ भत्काउने अभियान संचालन गर्न लागिएको बताए ।

 

प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले छाउँपडि प्रथा उन्मुलनका लागि प्रशासन बाट अनुगमन गर्नु पर्ने भएपनि त्यसो हुन नसेको बताए । उनले छाउँपडि प्रथा भए नभएको अनुगमन गर्ने अधिकार स्थानीयलाई भएको भएपनि स्थानीय तहले नै चासो नदिएका कारण समस्या हुने गरेको बताए ।

 

ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले जनचेतनाको अभावका कारण छाउँ वार्ने प्रथा समस्यामा रुपमा रहिराखेको बताए । उनले गाउँपालिका बाटै निति निर्माण गरेर छाउँ वार्ने प्रथा हटाउनका लागि छाउँ वार्नेलाई सरकारी सेवा नदिने कार्यविधि निर्माण गरौँ भन्दा त्यसले राजनैतिक रुपमा मुद्धा बनाउने समस्याका डरले त्यो पनि गर्न नसकेको बताए ।

 

आठबिस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले छाउँ प्रथा वार्नेलाई सरकारी सेवा रोक्ने भन्दा पनि उनीहरुलाई थप सम्झाउने काम नगरपालिकाले गरेको बताए । उनले नगरपालिकाको स्वास्थ्य शाखा बाट विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गरेको बताउँदै बिगतमा भन्दा गोठमा बस्ने महिलाहरुको संख्या कम भएको बताए ।

जिल्लाका ११ स्थानीय तह मध्ये विशेष गरी महावु गाउँपालिका,आठबिस नगरपालिका,चामुण्डाबिन्द्रासैनी नगरपालिका,आठविस नगरपालिका,ठाटिकाँध गाउँपालिका,भैरवी,दुल्लु नगरपालिका,गुराँस गाउँपालिकामा यो प्रथा वार्ने चलन रहदै आएको छ ।