Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

ब्यबसायिक तरकारी खेतीमा अग्रसर हुदै किसान 


दैलेख  :  भारतबाट तरकारी आयात नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न अग्रसर भएका हुन । निर्वाहमुखी तरकारी खेती गर्दै आएका गुराँस गाउँपालिका सबै वडाका कृषक व्यावसायीक तरकारी उत्पादन गर्न लागि परेका छन ।
कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेशमै बेरोजगार बनेका युवा, घरेलु हिसांमा परेका महिला र एकल महिलाहरुले समेत पछिल्लो समय ब्यबसायिक तरकारी खती गर्न अग्रसर भएका छन ।

निर्वाहमुखी तरकारी खेती गर्दै आएका कृषकलाई व्यावसायिक बनाउन गुराँस गाउँपालिका, युनएन डिपिको आर्थिक साझेदारी र महिला शसक्तिकरण मञ्च नेपालको सहजीकरणमा सञ्चालित कोभिड –१९ रेस्पोन्स एण्ड सोसियो इकोनोमि कार्यक्रम दोस्रो चरण अन्र्तगत किसानलाई बिऊ बितरण गरे काम गरिरहेको छ ।

गुराँस गाउँपालिका अध्यक्ष खेमराज वलीले सुदुर तथा कर्णाली प्रदेशमै बढि तरकारी निर्यात गर्ने गुराँस गाउँपालिकाका प्रत्येक किसानलाई ब्यबसयिक तरकारी खेती गरी रोजगारमा जोड्न कार्यक्रम संचालन भएको बताए । उनले हाम्रो गाउँपालिकाका गुराँसेका किसानले मात्र वार्षिक चार करोड भन्दा बढिको तरकारी निर्यात गरिरहेको बताउँदै अझै निर्यातमा बृद्धि गर्दै किसानलाई रोजगारीमा जोड्न किसानलाई बिऊ,कृषि प्राबिधिक,र आवश्यक औषधी समेत सहयोग गरिरहेको बताए । उनले भने गाउँपालिकामा रहेका आठ वटै वडाका किसानलाई समुहमा जोडिएर आवश्यक तालीम समेत दिने गरेका छौ ।

गुराँस गाउँपालिका १ की सिता कुमारी खड्काले परियोजना र गाउँपालिकाको आर्थिक सहयोगमा आवश्यक बिउ,प्राविधिक,र आवश्यक र्आैषधी र तालीम पाएपछि ब्यबसायिक रुपमा तरकारी खेती गरेको बताइन । उनले भन्नि हामी संग सिचाईको सुबिधा समेत भएकाले अव ब्यबसायिक रुपमा तरकारी खेती गर्ने योजनामा छौ ।

महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले कोरोना महामारीका कारण समस्यामा परेका नागरिकलाई रोजगारीमा जोड्न कार्यक्रम संचालन गरेको बताउँदै प्रति किसान ५० किलो आलुको बिऊ,अन्य तरकारीका बिऊ र बाख्रा समुहमा आवद्ध भएका किसानलाई पाँच बाख्राका दरले बितरण गरेको बताइन ।

उनले भरत लगायतका विभिन्न स्थान बाट आयत गरिएका तकारीमा बढी विषादी प्रयोग हुने हुँदा स्थानीय स्तरमै उत्पादन गर्ने तरकारीमा समेत विषादीको साटो स्थानीय स्तरमा पाइने अमिलो, टर्राे, पिरो, तितोलगायतका वस्तुको प्रयोग गरेर निर्माण गरेको जैविक विषादी प्रयोग गर्न समेत आग्रह गरिएको बताइन । परियोजना संचालन भएपछि किसानमा आएको परिबर्तनले समेत लगानी गर्ने सस्थाहरु खुसी भएका छन ।