Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

थप एकजनामा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि

काठमाडौं  :  नेपालमा अर्का एक व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी गराइएको हो ।

 

नेपालकी एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।