Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

पत्रकारलाई पाँच महिना कैद, माफि मागेपछि रिहा


सुर्खेत  :  बलात्कृत बनेकी युवतीको पहिचान खुलाएको समाचार प्रकाशित गरेको आरोमा एक पत्रकारलाई सजाय सुनाएको छ । राप्ती पहिचान डटकमका सञ्चालकसमेत रहेका पत्रकार एग्गेबहादुर बुढामगरलाई पाँच महिना कैद र पाँच हजार जरिवाना तोकिएको हो ।

न्यायाधीश राजेन्द्रकुमार अर्यालको एकल इजलासले उनलाई २४ घन्टाभित्र क्षमायाचना गरेको खण्डमा जेल बस्नु नपर्ने विकल्प पनि दिएको थियो । त्यसअनुसार बुढामगरले आफ्नै अनलाइनमा क्षमायाचना गरेका छन् । आफ्नो फेसबुक पेज र राप्ती पहिचान डट कममा उनले क्षमायाचना गरेका हुन् । त्यसको स्क्रिनसट उनले अदालतमा बुझाएका छन् । २४ घन्टाभित्र क्षमायाचना गरेर त्यो सामग्री ६ महिनासम्म हटाउन नहुने अदालतको सर्त थियो ।

क्षमायाचनापछि बुढामगरले कैदसजाय माफी पाएको अदालत स्रोतले जनाएको छ । जरीवाना भने उनले बुझाइसकेका छन् । अदालतमा पनि उनले माफी मागेका छन् । बुढामगरले युवतीको नामथर र तस्बिरसहित समाचार प्रकाशित गरेका थिए । पिडितको तर्फबाट बहस गरेका वकिलहरुविरुद्ध फेसबुकमा समेत उनले स्टाटस लेखेका थिए ।

पीडकका तर्फबाट वकालत गर्ने वकिलहरू मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्मकार पीडित युवतीको पहिचान खुल्नेगरी अनलाइनमा समाचार प्रकाशन गरेको तथा आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।