Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

धावनमार्गको काम सकिए पछि सुचारु हुदै सुर्खेत विमानस्थल

सुर्खेत :  गत मंसिर १० गतेदेखि बन्द रहेको सुर्खेत विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि विमानस्थल सञ्चालन गर्न लागिएको हो । मंसिर १० गतेदेखि विमानस्थल मर्मतको काम थालिएको थियो।

विमानस्थल सञ्चालन हुने भएपछि मंगलबारका लागि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेतकाठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान थपेको थियो । नेपालगञ्जमा दैनिक विमानस्थलको धावनमार्ग मर्मतको काम सकियो पाँच उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द रहेका बेला दैनिक ६ उडान गर्थ्यो ।

मर्मतको समयमा पनि सुर्खेत विमानस्थलमा हेलिकोप्टरको उडान भने नियमित भइरहेको थियो । नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार विमानस्थलमा धावनमार्ग ओभरले गर्ने काम सम्पन्न भएको छ ।