Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

सुशासन र सुचनाको हक सम्बन्धि अनुशिक्षण

दैलेख : स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा जनप्रतिनिधि र कर्मचारीहरुलाई सकरात्मक सोच,सुशासन र सुचनाको हक सम्बन्धि अनुशिक्षण गरिएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा जनप्रतिनधि र कर्मचारीलाई अनुशिक्षण गरिएको हो । स्थानीय तहमा संघियता, यसको प्रयोग, सुशासन र सूचनाको हक सम्बन्धि जनप्रतिनिधि र कर्मचारीलाई अनुशिक्षण गरिएको ठाटिकाँध गाउँपालिकाले जानकारी दिएको छ ।

ठाटिकाँध गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मन बहादुर थापाले स्थानीय सरकार संचालन गर्दा ऐन,नियम,कार्यविधि अभाव र कर्मचारी अभावका कारण कतिपय योजना समयमै सम्पन्न हुन नसकेको भन्दै त्यसमा गुणस्तरको समेत मापन हुन नसकेको बताए । उनले स्थानीय सरकारका जनप्रतिनधिको अनुकूलतमा काम गर्नु पर्ने बाध्यताका रहेको बताउँदै झण्झटिलो कानूनी प्रक्रिया र श्रमदानका निम्ति नागरिक तयार नहुँदा बजेट फ्रिज हुने गरेको बताए ।

ठाटिकाँध गाउँपालिका –२ का वडाअध्यक्ष रुपलाल बिश्वकर्माले स्थानीय सरकारका विषयमा नागरिकको बुझाई बढि भएका कारण समस्या सिर्जना हुने गरेको बताए । उनले स्थानीय सरकार गठन भएपछि धेरै राम्रा कामहरु गरिएपनि राजनैतिक पुर्बग्राहीका दिष्ट्रिकोणले हेर्न समस्याका कारण स्थानीय सरकारले जस लिन नसकेको बताए । उनले भने नागरिकले सबै स्थानीय सरकारले गरिदियोस भन्ने गर्नुहुन्छ हामी संग सिमिति बजेट हुन्छ प्रथामिकताका आधारमा योजना निर्माण गरिरहेको छौ तर पनि नागरिकहरु बुझ्नुहुन्न ।

ठाटिकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिहले स्थानीय सरकारमा भए गरेका कामको विषयमा सबै नागरिकले सुचना पाउनु पर्ने बताइन । उनले स्थानीय तहमा आफु अनुकूल काम नभएको वा नपाएपछि मात्र सुचना माग्ने वा काम रोक्ने र अख्तियारमा उजुरी गर्ने समस्याका कारण स्थानीय तहको बदनाम भएको बताइन । उनले गाउँपालिकाले गाउँपालिकाका प्रत्येक नागरिकलाई सुचना दिने उद्देश्यले प्रत्येक आर्थिक वर्षमा सार्वजनिक सुनूवाई समेत गरिएको बताइन ।

राष्ट्रिय सुचना आयोगका पुर्ब प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटा र बास नेपालका पुर्ब अध्यक्ष मन भण्डारीले सुशासन, सूचनाको हक, नेतृत्व बिकास, पालिकाकाका काम, कर्तव्य र अधिकार, स्थानीय सरकारको प्राथामिकता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, योजना तर्जुमा लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।