Loading... आजः शनिबार, कार्तिक १०, २०८१
Trending

रक्षामन्त्री रिजालको दिए राजीनामा

काठमाडौँ  :  रक्षामन्त्री डा मिनेन्द्र रिजालले राजीनामा दिएका छन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रिजालले बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन ।

‘नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ’, रिजालले प्रधानमन्त्री प्रधानमन्त्री देउवालाई बुझाउनु भएको राजीनामा पत्रमा लेखेका छन । यस कुरालाई हृदयंगम गर्दा मैले रक्षामन्त्री पदमा रहिरहनु नैतिक रुपमा उपयुक्त हुन्न ।

तसर्थ रक्षामन्त्री पदबाट राजीनामा दिएको छु । रिजालले मन्त्रीको जिम्मेवारीमा रहेर राष्ट्रको सेवा गर्ने अवसर दिएको भन्दै धन्यवाद दिएका छन ।

चुनावी मैदानमा रहेका मन्त्री रिजालले प्रारम्भिक मतपरिणामलाई दृष्टिगत गर्दै राजीनामाको घोषणा गरेका थिए ।

काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भए लगत्तै महामन्त्रीका प्रत्याशी रक्षामन्त्री रिजालको राजीनामा आएको हो ।