Loading... आजः आइतवार, कार्तिक ११, २०८१
Trending

१ सय ८४ जना कोभिड संक्रमित थपिए, दुईजनाको मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा १८४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। ७ हजार २३० पीसीआर र ३ हजार ७८८ जनाको एन्टीजेन परीक्षणका क्रममा त्यति जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २१ हजार ७३ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ५२६ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २६७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ। हाल ९६ जना क्वारेन्टाइनमा छन्। १११ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ लाख ४० हजार ५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।