Loading... आजः आइतवार, कार्तिक ११, २०८१
Trending

उपसभापतिका लागि मतगणना हुने, महामन्त्रीको भोलि बिहान

काठमाण्डौ  :  नेपाली कांग्रेसको उपसभापतिका लागि आज बुधवार बेलुकादेखि मतगणना सुरु हुँदैछ । सुरुमा उपसभापतिको गणना गर्ने निर्णय भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना एकसाथ गर्दा झन्झटिलो हुने भएकाले पदाधिकारीको सकेर केन्द्रीय सदस्यको गणना गर्ने निर्णय गरेको निर्वाचन समितिका सदस्य केशव रिजालले जानकारी दिए ।

उपसभापतिको मतगणना सकिएपछि भोलि बिहीवार बिहान महामन्त्री र त्यसपछि सह–महामन्त्रीको मतगणना सुरु हुनेछ । महामन्त्री र सह–महामन्त्रीको सकिएपछि मात्रै केन्द्रीय सदस्यको मतगणना गर्ने तयारी छ ।

कांग्रेसको उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाह प्रतिस्पर्धामा छन । पार्टी विधानअनुसार दुई जना उपसभापति निर्वाचित हुनेछन् ।