Loading... आजः सोमवार, कार्तिक १२, २०८१
Trending

मंगलबार २६४ कोभिड संक्रमित थपिए, दुईको मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा मुलुकमा २६४ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७०९ नमुना (९३९२ आरटी पीसीआर) र ४३१७ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

 

सोही अवधीमा थप दुईजनाको कोभिड संक्रमणले मृत्यु भएको छ भने ३६२ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ५६८९ छ । २ लाख ३६ हजार ४८२ जनाले पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएका छन् । काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।