Loading... आजः सोमवार, कार्तिक १२, २०८१
Trending

विद्यार्थीलाई आयुर्बेद तथा योग शिक्षा

दैलेख  :  विद्यार्थीलाई आयुर्बेद तथा योग शिक्षा दिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तरगत तीन वठा विद्यालयमा अध्यनरत विद्यार्थीलाई आयुर्बेद तथा योग शिक्षा दिएको हो ।

आयुर्बेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख रामप्रसाद महत्तोले दुल्लु नगरपालिका–६मा रहेको जयदेवी माध्यमिक विद्यालय छिउडीपुसाकोट, दुल्लु नगरपालिका १० गमौडीमा रहेको पंचकोशी ज्वाला माध्यमिक विद्यालय र नारायण नगरपालिका–६मा रहेको रेडक्रस माध्यमिक विद्यालयमा आयुर्बेद तथा योग शिक्षा कार्यक्रम संचालन गरिएको बताए । उनले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कार्यक्रम अनुसार आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम संचालन गरिएको बताए ।

आयुर्बेद स्वास्थ्य केन्द्र दैलेखका डा. प्रज्ञा उपाध्यायले तीन वटा विद्यालयका करीव २५० जना विद्यार्थीहरुलाई आयुर्वेदको परिचय आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा, जडिवुटीबारेमा जानकारी, दिनचर्या र रात्रिचर्या, ऋतुचर्या, आहार शैली र आयुर्वेदीय जीवनशैली तथा जडीबुटीको बारेमा जानकारी गराईएको जानकारी दिइन ।

उनले आयुर्बेद प्रतिको बिश्वास जगाउँने र प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रम संचालन गर्नु परेको बताइन ।
उनले भन्नि पहिला आयुर्बेद औषधी प्रति जनताको बिश्वास भएपनि पछिल्लो समय त्यसको अलि कम भएको जस्तो महसुष गरेका थियौँ कोरोना महामारीको समयमा समेत आयुर्बेदको औाषधीको माग बढे संगै त्यसलाई आयुर्बेद प्रति बिश्वास बढाएको छ ।