Loading... आजः मङ्लबार, कार्तिक १३, २०८१
Trending

अपराह्न पाँच बजेसम्म २२ सयभन्दा बढीको मत खस्यो, ९ बजे सम्म मतदानको समय थपियो

काठमाडौं  :  नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा २२ सयभन्दा बढी मत मत खसेको छ ।
सोमबार मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ बजेसम्म २२ सयभन्दा बढी मत खसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता तेजबहादुर रावलले जानकारी दिए ।

कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

काँग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।मतदानको समय साझ ९ बजे सम्म थप गरिएको निर्वाचन समितिले जनाएको छ ।