Loading... आजः मङ्लबार, कार्तिक १३, २०८१
Trending

राउटेलाई खाध्यान्न बितरण

दैलेख  :  कर्णालीको दैलेख, सुर्खेत, सल्यान लगाएतका जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सामाजिक सेवा केन्द्र ९सोसेक० नेपालले खाद्यान्न उपलब्ध गराएको हो । एईआएन लक्जेम्बर्गको सहयोगमा सोसेक नेपाल मार्फत सञ्चालित राउटे परियोजना मार्फत समुदायमा खाद्यान्न वितरण गरिएको हो ।

परियोजनामार्फत राउटे समुदायमा खटिएका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार ५ जना भन्दा बढि सदस्य रहेको परिवारलाई २ बोरोको दरले १४ परिवार र ५ जना भन्दा तलको परिवारलाई १ बोराका दरले ५५ बोरो चामल सहयोग उपलब्ध गराईएको छ । यस्तै समुदायमा ११० केजी नुन, ४४ केजी खुर्सानी र ११० केजी दाल वितरण गरिएको खत्रीले बताए ।साभार ज्वाला सन्देश