Loading... आजः सोमवार, पुस २९, २०८१
Trending

एमालेले सातवटै प्रदेश अध्यक्ष तोक्यो,कर्णालीमा विनोदकुमार शाह

काठमाडौं :  नेकपा एमालेले सातवटै प्रदेश अध्यक्ष तोकेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षका लागि अध्यक्ष केपी शर्मा ओलीले सात जनाको नाम पढेर प्रस्ताव गरेका थिए । ती नामबारे छलफलपछि पारित भएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशव राज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी छन् । त्यस्तै उपत्यका विशेषमा प्रेम पराजुली रहेका छन् ।

यसअघि ओलीले केन्द्रीय कमिटीमा मनोनित गर्ने ४४ जनाको नाम प्रस्ताव गरेका थिए । केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरो र प्रदेश अध्यक्षहरूको नाम ओली एक्लैले प्रस्ताव गरेको भन्दै बैठकमा नेताहरुले आलोचना गरेका थिए ।