Loading... आजः आइतवार, साउन ३१, २०८३
Trending

मोडर्ना खोप नेपाल आइपुग्यो


काठमाडौँ  :  कोभ्याक्स सुविधा अन्तर्गत १९ लाख ६५ हजार आठसय डोज मोडर्ना खोप नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले विहान १९ लाख ६५ हजार आठसय डोज खोप आएको जानकारी दिए ।

योसँगै नेपालमा ३६ लाख ५१ हजार छ सय डोज मोडर्ना खोप आइपुगेको थापाले जानकारी दिए । सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको जनाएको छ।

यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका २४ विशेषज्ञ अस्पतालहरुबाट दीर्घरोगीलाई फाइजर खोप दिइसकेको छ। भने सोही समयमा बाकी रहेको खोप स्वस्थ किशोरकिशोरीलाई पनि फाइजर खोप दिइएको थियो ।