Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

सहकारीका नाममा ठगी गर्ने जेल चलान

दैलेख  :  सहकारीका नाममा ठगी गर्नेलाई जिल्ला अदालत दैलेखले चार वर्ष कैद र १५ लाख जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायधिस दण्डपाणी लामिछानेको एकल इजलासले मंगलवार उक्त फैसला सुनाएको हो ।

कृषकलाई अनुदानको लोभ देखाउँदै स्वर्णभुमी कृषि तथा पशुपालन एग्रिकल्चर लिमिटेड कम्पनीका नाममा लाखौ रकम उठाएर ठगी गर्ने कर्णसिह टमाटालाई जिल्ला अदालत दैलेखले चार वर्ष कैद र १५ लाख जरिवानाको फैसला सुनाएको जिल्ला अदालत दैलेखका श्रेष्स्तदार इन्द्र बहादुर कार्कीले जानकारी दिए ।

उनले २०७५ बैशाख १५ गते जिल्ला प्रहरी कार्यालयमा शर्मिला चन्द समेतले दिएको जाहेरीका आधारमा पक्राउ परी २०७६फागुन ७ गने पर्बुपक्षका लागि कारागार चलान गरिएका मुगु खत्याड गाउँपालिका वडा न ः २ घर भई हाल बीरेन्द्रनगर वडा ४ बस्ने बर्ष २५ को किरण बिसी भन्ने कर्णसिह टमाटालाई उक्त फैसला सुनाएको बताए ।

दैलेखमा लाखौ रकम उठाई फरार भएका उहाँलाई महानगरीय प्रहरी बृत महाराजगंग काठमाण्डौको खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका वडा ३ बसुन्धारा बाट पक्राउ गरेको हो ।

सस्थामा जागीर लगाउने र शेयेर सस्दय निर्माण गर्ने भन्दै कर्मचारी र अनुदानमा कुखुरा ब्यबसाय, तरकारीको बिऊ बितरण गर्ने भन्दै स्थानीय कृषक बाट र दैनिक बचत कर्ता बाट उठाएको ५५ लाख ८३ हजार पाँच सय रुपैया ठगेर फरार भएका भएका थिए ।