अटो चालकलाई ५० हजार क्षतीपुर्ती र २० हजार जरिवाना फैसला
दैलेख : नारायण नगरपालिका –५ छातिकोटका ३९ वर्षिय लाल बहादुर बिक मृत्यु प्रकरणमा हेलचक्¥याई गरेको कसुरमा आटोरिक्सा चालक २४ वर्षिय पुस्कर बिकलाई जिल्ला अदालत दैलेखले ५० हजार क्षतीपुर्ती २० हजार जरिवाना र आठ सय रुपैया पीडित राहत कोषमा जम्मा गर्न फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट कसूरदार अटो रिक्सा चालक पुस्करलाई ५० हजार क्षतीपुर्ती २० हजार जरिवाना र आठ सय रुपैया पीडित राहत कोषमा जम्मा गर्ने फैसला भएको र घटनामा आरोपित सोही ठाउँका अरु चार जना ३० वर्षीय कृष्णबहादुर घले, ३८ वर्षीय नरेन्द्र थापा, २५ वर्षीय कृष्णबहादुर थापा र २८ वर्षीय गणेश थापालाई सफाई दिइएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
अटो रिक्सा चालक पुस्कर बिकले घल्थरचोकमा छोडेको, त्यसबेलासंगै त्यहाँ झरेका भनिएका नरेन्द्र थापा, कृष्णबहादुर थापा, गणेश थापा र ८ गते विहान काठमा टीसर्ट अड्किएको देखेर त्यहाँबाट छुटाएपछि बारीको कान्लामा खसिसकेपछि ‘मरिसकेको रहेछन भन्ने थाहा पाएको भन्ने बयानका आधारमा पीडित परिवारले पाँच जना बिरुद्ध २०७७ कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए । उनले विहान घरबाटै अटो रिक्सामा लिएको तर मदिराले अनियन्त्रित भएका आफ्नै छिमेकी लालबहादुरलाई बाटोमै छोडेर पुस्करले परिवारजनलाई खवर नगरेर हेलचक्¥याई गरेको भन्दै उक्त फैसला सुनाएको बताए यो ।
उजुरीपछि २०७७ कात्तिक ८ गते प्रहरीले आरोपित सबैलाई पक्राउ गरी तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले २०७७ मंसिर ३ गते दैलेख जिल्ला अदालतमा हत्या अर्थात कर्तव्यज्यान कसूरमा अभियोग पेश गरेको थियो । अभियोग सम्वन्धमा भएको थुनछेक बहसपछि न्यायाधीश लामिछानेको इजलासबाट २०७७ मंसिर ४ गते पाँचै जनालाई जनही पाँच लाख धरौटीमा छाडिएको थियो । मृतकको शव परीक्षण २०७७ कात्तिक ८ गते दैलेख अस्पतालमा भएको थियो । शव परीक्षणपछि परिवारजनले आफ्नो धार्मिक सँस्कार अनुसार अन्तेष्टि गरेका थिए ।