Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

सोमबार थपिए २६५ कोभिड संक्रमित, २ जनाको मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा मुलुकमा २६५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११४ पीसीआर र १५०३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।

 

सोही अवधीमा थप दुईजनाको कोभिड संक्रमणले मृत्यु भएको छ । ३५७ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ६३८६ जना छन् । १ लाख ६६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा उच्च छ ।