स्वास्थ्य स्वयमसेबिका दिवसमा हाजीरीजवाफ प्रतियोगिता
दैलेख : स्वास्थ्य स्वयमसेबिका दिवसको अवसरमा हाजीरीजवाफ प्रतियोगिता गरिएको छ । स्वस्थ जीवनशैली हाम्रो आवश्यकता,संकट न्युनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाूभन्ने नारा सहित १८ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा हाजीरी जवाफ प्रतियोगिताको आयोजना गरिएको हो ।
नाराण नगरपालिकाका ११ वडाका महिला स्वयंसेविकाहरूको ५ वटा समूह बिच स्वास्थ्य विषय बस्तु सहितको ५० वटा प्रश्नावली तयार पारेर हाजीरी जवाफ प्रतियोगिता संचालन गरेको नगरपालिकाले जानकारी दिएको छ ।
नारायण नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक लालबहादुर खड्काले स्वास्थ्य स्वयमसेबिकाहरुको क्षमता अभिबृद्धि गर्न र आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउँन हाजीरी जवाफ प्रतियोगिता आयोजना गरिएको बताए । उनले पाँच समुह मध्ये बाट नारायण समुह प्रथम, त्रिबेणी समुह दितिय,बेलासपुर समुह तृतिय,सरस्वती समुह र बसन्तामा सान्तवना भएको जानकारी दिए । उनले प्रथम ,द्धितिय ,तृतिय र सान्तवनालाई क्रमस २०००,१५००,१००० पुरस्कार र प्रमाणपत्र बितरण गरेको बताए ।
स्वास्थ्य स्वयमसेविका दिवसमा बोल्दै नारायण नगरपालिकाका उप प्रमुख साबित्रि मल्ले महिला स्वयमसेबिकाका कारण शिशु मृत्युदर, मातृमृत्युदर, घटेको बताउँदै कुपोषणयुक्त बालबालिका जन्माउन समेत सहयोग पुगेको बतताईन । उनले कारोना महामारी जस्तो संक्रमण रोग फैलिरहेको अवस्थामा स्वास्थ्य स्वयमसेविकाले महत्वपुर्ण सन्देश दिएर कोरोना संक्रमण हुन बाँट धेरै नागरिकलाई बचाएको बताइन ।