Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

शुक्रबार २४६ संक्रमित थपिए,मृत्यु शून्य


काठमाडौं  :  पछिल्लो २४ घण्टा मुलुकमा २४६ जना कोभिड संक्रमित थपिएका छन् । ७८३६ नमुना परीक्षण ९६४ सय पीसीआर र १४३६ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधीमा ३४७ जना बिरामी निको भएका छन् भने १ लाख ७५ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणको कारण कसैको पनि मृत्यु भएको छैन । आजसम्म ६९२१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा कम छ ।