Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

११ स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व

दैलेख  :  नेकपा माओवादी केन्द्रले दैलेखका ११ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । माओवादीले दैलेखका ११ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको जनाएको छ । पार्टीले हालै सम्पन्न गाउँपालिका र नगरपालिका अधिवेशनबाट स्थानीय तहमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको जनाएको छ ।

नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समितिले दिएको जानकारी अनुसार नौमुले गाउँपालिका– छवि सुवेदी,महाबु गाउँपालिका – नवराज शाही,नारायण नगरपालिका– ताराकेशर धमला,भगवतीमाइ गाउँपालिका– नरेन्द्र सिंह,डुङ्गेश्वर गाउँपालिका– श्याम राना,गुराँस गाउँपालिका– वीर ब शाही,भैरवि गाउँपालिका– गोपाल रिजाल
दुल्लु नगरपालिका– टेकबहादुर खड्का,चामुन्डाबिन्दासैनी नगरपालिका– रणबहादुर खड्का,ठाटिंकाध गाउँपालिका– उमेशकुमार रावतआठबिस नगरपालिका– वसन्तबहादुर बस्नेत सर्ब सम्मत निर्वाचित भएका छन ।