Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत लिन प्रस्ताव पेश

सुर्खेत  :  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका छन् ।

मंगलवार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री शाहीले विश्वासको मत भने भोलिको बैठकमा लिने छन् । आज प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकोले विश्वासको मत भोलि लिने प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक भोलि १ बजेसम्मका लागि स्थिगित भएको छ ।