Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

जिल्ला सभापतिमा पौडे्लपक्षका मणिराम रेग्मी निर्वाचित

दैलेख  : नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत जिल्ला अधिबेशन बाट मणिराम रेग्मी निर्वाचित भएका छन । उनले प्रतिष्पर्धी घनश्याम भण्डारीलाई ३७ मतले पछि पार्दै बिजयी भएका हुन । कुल मत्र १५५२ खसेको मध्ये मणिराम रेग्मीले ७९१ मत ल्याउँदा घनश्याम भण्डारीले ७५४ मत प्राप्त गरेका थिए भने पाँच म तबदर भएका छन । त्यस्तै उपसभापतिमा रिता शाहीले ७५८ मत र नमराज शाही ७४१ मत प्राप्त गरी बिजयी भएका छन । उनका प्रतिष्पर्धी बखत बहादुर कटुवाल, ६४५ गणेश बहादुर शाहीले ६८० मत प्राप्त गरेका छन ।

सचिवमा पौड्यल पक्षकै खेमराज वली र नारायण रेग्मी निर्वाचित भएका छन । उनीहरुले क्रमस ७७६ र ७७६ मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी हेमशंकर शर्मा अधिकारीले ६३६ र रत्न बहादुर शाहीले ७२८ मत प्राप्त गरेका छन । उपसचिवमा पौड्ल पक्षकै महेन्द्र बहादुर शाही र कनक बहादुर सेन निर्वाचित भएका छन । उनीहरुले क्रमस ७१० र ७५३ मत प्राप्त गरेका छन । उनका प्रतिष्पर्धी धिरेन्द्र सापकोटाले ६७१ र इश्वर कुमार थापाले ६३८ मत प्राप्त गरेका छन । त्यस्तै उपसचिवमा विद्या प्रसाश शर्माले १०४ मत प्राप्त गरेका छन ।

प्रदेश महाधिबेशन प्रतिनिधिमा बिमल बिक्रिम शाही बिजयी भएका छन । उनले ७७३ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी रामप्रसाद रिजालले ६८६ मत प्राप्त गरेका छन । त्यसै गरी केन्द्रिय महाधिबेशन प्रतिनिधिमा नर बहादुर खड्का बिजयी भएका छन । उनले ७७९ मत प्राप्त गरेका छन । उनका प्रतिष्पर्धि रण बहादुर कार्कीले ६७९ मत प्राप्त गरेका छन । दुबै जना पौड्य समुह बाट निर्वाचन जितेका हुन । अन्य भुगोल तर्फका सदस्य र खुल्ला सदस्यको मत गण्ना भइरहेको र साझ सम्म मतगणना सकिने मुख्य निर्वाचत अधिकृत बिबश कुमार बस्नेतले जानकारी दिए । बिजयी हुनुभएका मणिराम रेग्मी र पदाधिकारी सबै पौड्ल समुहका हुन । अन्य भुगोलतर्फ र खुल्ला तर्फका सदस्यमा पौड्यल पक्षकै समुह नै अगाडी छ ।