Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

कर्णालीबाट एमालेको केन्द्रीय सचिवमा यामलालको उम्मेद्वारी घोषणा


सुर्खेत  :  चितवनमा भोलीदेखी नेकपा एमालेको १० औं एमाले महाधिवेशन शुरू हुँदैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू चितवन पुगिरहेका छन् । महाधिवेशनमा नेकपा एमाले कर्णाली प्रदेश सह(संयोजनक एव् पूर्वमन्त्री यामलाल कँडेलले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कर्णालीले कम्तिमा एक पदाधिकारी दाबी गरिरहेको समयमा उनले सचिव पदका लागि मत माग्न समेत शुरू गरिसकेका छन् । देश संघीय ढाँचामा रूपान्तरण भइसकेको अवस्थामा कर्णालीले पनि केन्द्रीय पदाधिकारीमा प्रतिनिधित्व हुनुपर्ने कँडलेले प्रतिक्रिया दिएका छन् ।

‘व्यक्तिको चाहनाभन्दा पनि अनुभवको आधारमा नीति निर्माणमा कर्णालीले पनि प्रतिनिधित्व गर्नुपर्छ भन्ने धारणासहित पदाधिकारीमा उम्मेदवारी घोषणा गरेको हुँ,’ कँडेलले भने, ‘कर्णाली प्रदेशको वडा, जिल्ला र प्रदेश पदाधिकारी बैठकमा सबैको साझा मतका आधारमा दावी हो ।’ अन्य प्रदेशका नेताहरुबाट नेतृत्व लिरहेका आवस्थामा यो पटक नेकपा एमालेले कर्णालीलाई माया गर्ने अपेक्षा कँडेलको छ । महाधिवेशन प्रतिनिधिले कर्णालीलाई सहयोग गर्ने र कर्णालीलाई न्याय दिने दावी कँडेलको छ ।साभार