Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व


दैलेख  :  दैलेखमा रहेका चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा मतदान मार्फत नयाँ नेतृत्व चयन गरेको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत चार वटै प्रदेश सभा निर्वाचनको मतपरिणाम शनिवार साझ घोषणा गरे संगै चार वटै प्रदेशमा नयाँ नेतृत्व चयन भएको हो ।

दैलेख निर्वाचन क्षेत्र नम्बर एकको (क) मा बखत बहादुर सापकोटाको प्यानल नै विजयी बनेको छ । १ (ख) मा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरको प्यानल निर्वाचित भएको छ । दुबै पौड्ेल पक्ष समुह बाट उम्मेदवारी दिएका थिए । निर्वाचन क्षेत्र नम्बर दुई (क) मा प्रदेश सभापतिमा टंक रिमाल निर्वाचित भएका हुन । निर्वाचन क्षेत्र नम्बर २ (ख) मा खगेन्द्र शाही ‘राउटे’ विजयी भएका छन ।   उनीहरु दुबै पार्टी सभापति शेर बहादुर देउवा समुहका हुन ।

दैलेख निर्वाचन क्षेत्र नः १ प्रदेश (ख)मा निर्वाचित प्रदेश सभा सभापति भदे बुढा मगरले निर्वाचनमा दुई समुह बनाएर निर्वाचनमा गएपनि पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताए । उनले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको हुँदा निर्वाचनमा दुई समुहमा बनायौँ त्यो निर्वाचन सम्म मात्र हो पार्टीलाई चलायमान र गतिशिल बनाउँन आफुले कुनै कसर बाँकी नराख्ने बताए । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रिय अधिबेशन र केन्द्रिय महाधिबेशन दैलेखमा मंगलवार हुने छ ।