Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कृषि मन्त्री शाहीले सरकारी सुविधा नलिने

सुर्खेत  : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले सरकारी सुविधा नलिने बताएका छन् । आफूहरु दुईदिनको मात्रै पाहुना भएको उल्लेख गर्दै मन्त्री शाहीले अनावश्यक सरकारी सेवा सुविधा नलिने बताएका हुन् ।

मन्त्रालयका सचिवहरुले मन्त्री शाहीलाई सरकारी निवास प्रयोग गर्न आग्रह गरेपनि उनले आफूले सरकारी सेवासुविधा प्रयोग नगर्ने बताएका हुन् । मन्त्री शाहीको भनाई उदृत गर्दै एक कर्मचारीले भने, तर मन्त्री ज्यूले आफू राजनीतिक व्यत्तित्व भएको बताउँदै यो मन्त्रालयमा कति दिन बस्ने हो टुंगो नभएको बताउनुभयो । साथै उहाँले सरकारी निवास प्रयोग नगर्ने बताउनुभयो । साभार नेपाली रैवार