एमसिसि बिरुद्ध नेमकिपाको बिरोध प्रदर्शन
दैलेख : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्ध दैलेखमा प्रदर्शन भएको छ । शुक्रवार दैलेख जिल्ला सदरमुकाममा नेपाल मजदुर किसान पार्टी जिल्ला कार्य समिती दैलेखको आयोजनामा एमसीसी विरुद्ध प्रर्दशन गरिएको हो । प्रर्दशनका क्रममा उनिहरुले नेपाल सरकार र अमेरिकाबीच भएको एमसीसी सम्झौता खारेज हुनुपर्ने, पेट्रोलियम पदार्थको मुल्यबुद्धि फिर्ता लिनुपर्ने लगाएतका माग गरेका थिए ।
दैलेख सदरमुकामको देवकोटा चोकमा गरिएको कोण सभालाई सम्बोधन गर्दै नेमकिपाका नेता निरक बहादुर शाहीले देशघाती एमसीसी सम्झौता र पेट्रोलियम पदार्थको मुल्यबुद्धि विरुद्ध बिरोध प्रर्दशन गरेको बताए । उनले सत्ता स्वार्थमा देशलाई बेच्न नहुने बताए ।