Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

कछुवा गतिमा नयाँ सहर आयोजनाको निर्माण

दैलेख  :  सरकारद्धारा घोषणा गरिएका १० वटा सहर मध्ये दैलेखको पश्चिममा पर्ने आठबिस नगरपालिमा पर्ने रामक कर्णाली नयाँ सहर आयोजनाले घोषणा भएको ११ बर्ष पुग्नै लाग्दा समेत निर्माण कार्यले गति लिन सकेको छैन । तत्कालीन सरकारले मध्यपहडी पुप्ष्लाललोकमार्गसंग जोडिएका १० वटा बजारहरुलाई नयाँ सहर निर्माण गर्ने घोषणा गरेको थियो । बिगत दुई बर्ष देखी ल्याण्डपोलिगं बिधिमार्फत काम अगाडी बढाउने तयारी गरिएपनि त्यो कामले पुर्णता अझै पाउँन सकेको छैन । ल्याण्डपोलिङ गर्न स्थानीयले बिरोध गरेपछि केही वर्ष देखी आयोजनाले गति लिन सकेको थिएन ।
नया सहर आयोजना राकमकर्णालीका आयोजनाका प्रमुख इन्जिनिएर सुशिल रसाईलीले ल्याण्डपोलिगंको कुरा मिलेपछि कामको जिम्मा लिएका बिभिन्न कन्सलटेन्सीहरुले सम्पन्न प्रतिबेदन बुझाईसकिएको बताए । उनले ल्याण्डपोलिङका काम सकिए पनि फिल्डमा गएर जग्गाको कित्ताकाटको काम नभएको बताए । उनले भने फिल्डमा गएर कित्ता काट गर्नका लागि दुल्लुमा रहेको मालपोत कार्यलय संग समन्वय गरिरहेका छौ ।
आयोजनाका अनुसार स्थानीयको जग्गामा बिभिन्न पर्बुधारहरु निर्माण गर्ने र सडक कालोपत्रे, अस्पताल निर्माण गर्ने भनिएपनि अहिले सम्म सडक निर्माणको ग्राभेलको काम,सामुदायिक भवन, सामुदायिक प्रतिकक्षालय , दुई वर्षको अवधीमा दुई ७० सौर्य उजा जडानको काम सम्पन्न भएर स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारीमा रहेको जनाएको छ । आयोजना प्रमुख रशाइलीले यो वर्ष राकमकर्णालीको शुन्य बिन्दु बाट नगरपालिकाको भवन सम्म पुग्नका लागि सडक कालोपत्रे गर्न टेन्डर गर्न लागिएको बताए । त्यो बाहेक कार्यालयको दोस्रो तला ढलानको टेन्डर लगायतका अन्य कामहरु हुने बताए ।

आठबिस नगरपालिका–४का वडा अध्यक्ष रण बहादुर माझिले दुई बर्ष अघि पुर्बधार निर्माण गर्ने र पुर्बधारमा लागेको जग्गा बाहेक अन्य लागत कटौती गरेर स्थानीयलाई नै फिर्ता गर्ने कुरामा सबैको सहमती भएपछि काम सुरु गरिएको भएपनि आयोजनाले आफ्नै बिबिध कारण देखाउने गरेको बताए । उनले कर्मचारी अभावका कारण पनि कामले गति लिन नसकेको उनको आरोप छ ।

स्थानीय अर्जुन शाहीका अनुसार आयोजनाले कहिले मुअब्जा बिवाद कहिले केही बाहाना बनाएर यो क्षेत्रको बिकासमा बाधक भएको उनले आरोप लगाए । नयाँ सहर घोषणा भएको ११ वर्ष पुग्नै लाग्दा समेत देखिने कुनै पनि संरचना निर्माण नहुदाँ जनतामा निरासा छाएको बताए ।
आठबिस नगरपालिका दैलेखका प्रमुख खड्कराज उपाध्ययाले शहरी बिकासका लागि १ सय ३७ रोपनी जग्गा सरकारले उचित मुअब्जा दिएर छिटो भन्दा छिटो टुग्याएर नयाँ सहरको काम सुरु गर्न आयोजना प्रमुख संग समन्वय गरिरहेको बताए । जग्गा अधिग्रहण शहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय सुर्खेतको प्रतिबेदनका आधारमा जग्गा प्राप्ती ऐन बिपरित मुअब्वा बितरण गरेको भन्दै स्थानीयले लामो समय देखी बिरोध गरेपनि अव त्यो अबस्था नरहेको भन्दै आयोजनाले तिब्र गतिका साथ काम अगाडी बढाउनका लागि आफुले गर्नु पर्ने सहयोग गर्ने बताए ।