Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

पहिलो ई–पासपोर्ट सत्यमोहन जोशीलाई

काठमाडौ  :  नेपालमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण थालिएको छ । पहिलो ई–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ ।
राजधानीमा आयोजित औपचारिक समारोहबीच परराष्ट्रमत्री नारायण खड्काले १०२ वर्षीय जोशीलाई पासपोर्ट प्रदान गरे ।

नेपालमा योसँगै तेस्रो पुस्ताको पासपोर्ट औपचारिक रूपमा प्रगोगमा आएको छ । यसअघि हस्तलिखित, एमआरपी राहदानी प्रचलनमा थियो । ईपासपोर्टका लागि सर्वसाधारणले भने केही साता प्रतीक्षा गर्नुपर्ने भएको छ ।