Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

विवादपछि भएपछि वीरेन्द्रनगरमा ३ मा निर्वाचन स्थगित


सुर्खेत  :  नेपाली काँग्रेसको सुर्खेतमा जारी अधिवेशन अन्तरगत समग्रमा शान्तिपूर्ण रुपमा मतदान भएपनि वीरेन्द्रनगर नगरपालिका वडा नः ३ मा भने विवाद भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा रामचन्द्र पौडेल समूहले धाँधली गर्न लागेको भन्दै पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले मतदान स्थगित गराएको हो ।

शनिवार दिउँसो वडा नेतृत्व र क्षेत्रीय प्रतिनिधिका लागि भइरहेको मतदानमा पौडेल पक्षको समूहले धाँधली गरेको भन्दै मतदान स्थगित भएको निर्वाचन समितिले जनाएको छ । मतदान भइरहेको क्रममा हुलहुज्जत भएपछि निर्वाचन समितिले मतदान नै रोकेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका तीन नम्बर वडा अध्यक्ष भूपेन्द्र खत्रीले मतदानमा सहभागी नभएका व्यक्तिहरुको नाममा मतदान गरेको आरोप लागेपछि मतदान केन्द्र हरिडिल भूमी स्कुलमा केही बेर तनाव भएको थियो । नारावाजीसँगै भीड नियन्त्रण बाहिर गएपछि प्रहरीलाइ नियन्त्रण गर्न समेत हम्मेहम्मे भएको थियो निर्वाचन समितिले भने विवाद बढेपछि मतदान रोकेको हो ।