Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

तीन प्रदेशका प्रदेश प्रमुख फेरिए

काठमाडौं  :  सरकारले विभिन्न ३ प्रदेशका प्रदेश प्रमुखहरू परिवर्तन गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।

 

सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए । नयाँ प्रदेश प्रमुखहरुमध्ये खापुङ जसपा, परियार नेकपा माओवादी र जोशी नेपाली कांग्रेसनिकट हुन् । जोशी संविधानसभा सदस्यसमेत हुन् ।