Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

१३ वटा जिल्लाको वडा अधिवेशन कात्तिक २७ गते

 

काठमाडौं  :  सत्तारुढ दल नेपाली काँग्रेसको बाँकी रहेका १३ वटा जिल्लाको वडा अधिवेशन कात्तिक २७ गते हुँदैछ । प्रदेश नम्बर दुईको आठ वटा जिल्लासहित बाँके, डोल्पा, कैलाली, सुर्खेत र रसुवामा क्रियाशील सदस्यता सम्बन्धमा विवाद हुदा वडा अधिवेशन हुन सकेको थिएन ।

सोमबार साँझसम्म रौतहटको मात्रै क्रियाशील सदस्यको नामावली आउन बाँकी रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसबाहेक रसुवाको क्रियाशील सदस्यता विवाद समाधान भएको र बाराको पनि भोलि मंगलबारसम्म टुंगो लाग्ने समितिका संयोजक महादेवप्रसाद यादवले बताए ।

काँग्रेसको पछिल्लो समय सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समितिसहित पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुसँग बसेको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्रै चौधौं महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएका थिए । जसअनुरुप चौधौं महाधिवेशनको मंसिर २४ मा उद्घाटन सत्र हुने र मंसिर २६ गतेसम्म महाधिवेशन सम्पन्न हुने जनाइएको छ ।