Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

थप ३९० जनामा कोरोना संक्रमण, ५ को मृत्यु

काठमाडौं  :  देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०२६ जनाको नमूना परीक्षणमा ३ सय ९० जनामा कोरोना संक्रमण देखिएको हो।

पीसीआर विधिबाट ३७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण देखिएको छ। सोहि अवधिमा कूल दुई हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। ४ सय २५ जना संक्रमणमुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ५४ रहेको छ।

error: Content is protected !!