नेपाल निजामति कर्मचारी संगठनको बृहत भेला सम्पन्न
दैलेख : नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति दैलेख आयोजनामा शनिबार दैलखमा अगुवा संगठक भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति दैलेखका उपाध्यक्ष पुर्ण बहादुर थापाको अध्यक्षमा बृहत भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवम नेकपा एमाले दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले निजामति कर्मचारी सगठनलाई ब्यबस्थीत र मर्यादित बनाएर जानु पर्ने सुझाव दिएका छन । उनले आफु कार्यरत सस्थालाई सुशासन पारदर्शीता कायम गर्दै जनतालाई सेवा दिन संगठनमा आवद्ध कर्मचारीलाई आग्रह गरेका छन ।
जिल्लामा कर्मचारी संगठनलाई एकताबद्ध बनाउन संगठनका साथीहरु लाग्दा समेत केही कर्मचारी साथीहरु नआएको प्रति लक्षित गर्दै उनले केही साथीहरु संगठन बाट बाहिर जान लाग्नुभएको छ उहाँहरुलाई मेरो पनि आग्रह छ आउनुहोस अझै समय बाँकी छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निजामति क कर्मचाररी संगठनका ११ औँ राष्ट्रिय सम्मेलनका सह संयोजक लेखनाथ कोइरालाले निजामति कर्मचारी बिरुद्ध आउने ऐन कानुनलाई कार्यन्वयन गर्न नदिने बताए । उनले अघिल्लो सरकारले ससदमा दर्ता गरेको संघिय निजामति ऐनलाई फर्ता गरेर परमादेश सरकारले गल्ती गरेको बताए ।
उनले संगठनमा रहेका केही साथीहरुले अराजकता प्रर्दशन गरेको भन्दै अराकज गर्ने साथीहरु आफै पछारीने बताए । उनले भने हिजो भन्दा ब्यबस्थीत र मजबुद बनाउँदै पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले संचालनमा ल्याउन लागेको मेक्टोरेल जसरी दौडीने बताए । दैलेखमा अघिल्ला कार्यक्रम भन्दा यो कार्यक्रम भब्यभएको बताउँदै यसलाई अझै ब्यबस्थीत बनाउन सबै लाग्नु पर्ने बताए ।
नेपाल निजामति कर्मचारी संगठनका ११ औँ राष्ट्रिय सम्मेलनका प्रबत्ता प्रभास प्रसाद शाहले संगठनलाई पुरानै अवस्था मात्र होईन अझै मजबुत बनाउन आफुहरु लागि परेको बताउँदै दैलेखले त्यसलाई थप बल पुगेको बताए ।
नेपाल निजामति कर्मचारी संगठनका ११ औँ राष्ट्रिय सम्मेलनका केन्द्रिय सदस्य सुरेन्द्र बहादुर शाहीले संगठनमा रहेका र गुटबन्दीमा रमाउने साथीहरु आफ्नो मुल बिचारलाई छोडेर बिस्थापित भएको बताए । उनले हिजो दुख गरे नेतृत्वमा पुरयाएका साथीहरु नै संगठनको बिचार बाट स्खलित भएर जानु दुखद भएको बताए ।
नेपाल निजामति कर्मचारी संगठनका ११ औँ राष्ट्रिय सम्मेलनका केन्द्रिय सदस्य गोबिन्द अधिकारीले संगठन,पार्टिको बिचार भन्दा पनि ब्यक्तिको पछाडी लागेर संगठनमा लागेका साथीहरु सगठन छोडेको आरोप लगाए । उनले मुल पार्टी बाट केही नेताहरु चिल्लीएर जाँदा उहाँहरुकै पछाडी लागेर आफ्नो पेशाको हक हित र अधिकारलाई समेत बिर्सिएको बताए । उनले अहिले पनि सरकारको धाक लगाउँदै केही साथीहरुलाई सरुवा गर्ने धम्की दिएको भन्दै त्यस्ता गतिबिधि नगर्न आग्रह समेत गरेका छन ।
साथै भेलाले नेपाल निजामति कर्मचारी संगठन जिल्ला कमिटिका उपाध्यक्ष पुर्ण बहादुर थापाको संयोजकमा ६१ सदस्यीय नेपाल निजामति कर्मचारी संगठन जिल्ला अधिबेशन आयोजक कमिटि समेत गठन गरिएको छ ।