नारायण बहुमूखी क्याम्पसमा शभाहलको शिलन्यास
दैलेख : नारायण बहुमुखी क्याप्समा निर्माण हुन लागेको शभाहलको शिलन्यास गरिएको छ । मध्यपश्चिमाञ्चल बिस्वबिद्यालयका सिनेट सदस्य एवंम नारायण नगरपालीका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले शभाहलको शिल्यान्यास गरेका हुन ।
सभाहलको शिलन्यास गर्दै सिनेट सदस्य एवम नगर प्रमुख रत्न बहादुर खड्काले नारायण बहुमूखी क्याम्पसलाई पुर्बधार संगै शैक्षिक क्षेत्रको हवका रुपमा विकास गर्नु आजको आवश्यकता भएको बताए ।
बिश्वविद्यालय अनुदान आयोग तथा मध्यपश्चिम बिश्वबिद्यालयबाट प्राप्त अनुदानबाट कुल रकम ८० लाख मध्ये टेन्डर आह्वान भई बोलकवुल भएको रकम ४८ लाख ८८ हजार ५ सय ८८ रुपैया ५३ पैसामा उक्त भवन निर्माण गर्न आरजे कन्ट्रक्सन नारायण नगरपालीका १ दैलेखले सम्झौता गरेको छ ।
नारायण बहुमखी क्याम्पस खरीद समितीका संयोजक नरसिङ बहादुर थापाले सभाहलको गुणस्तरी निमार्ण गर्न नियमित अनुगमन गरिने बताए । उनले आर्थिक मसान्त भित्र सम्पन्न गर्ने गरी काम अगाढी बढाइएको बताए ।उनले नारायण बहुमुखी क्याम्पस दैलेखले नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्कालाई सम्मान गरेको छ । मध्यपश्चिम विश्व विध्यालयको सिनेट सदस्यमा मनोनित भएको उपलक्ष्यमा उनलाई सम्मान गरिएको क्याम्पसले जनाएको छ ।