प्रचण्डको नीति भनेको देश बर्बाद गर्ने हो स् ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको नीति देश बर्बाद गर्ने भएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको दर्शन भनेको धक्का, क्रमभंग, छलाम, महाअभियोग रहेको बताएका हुन्।
ओलीले १० बुँदे कार्यान्वयन रचनात्मक ढंगले गरिने बताए। उनले पार्टी एकताका लागि १० बुँदेको कार्यान्वयन गर्ने स्पष्ट पारे। ‘मुख्य कुरा पार्टी एकता हो। १० बुँदेको कार्यान्वयन रचनात्मक ढंगले कार्यान्वयन गर्छौ।
ओलीले एमाले बिगार्न माधव नेपाल कुदेका स्पष्ट पारे।‘ बिचरा माधव नेपाल कुदेंको देख्दा माया लाग्छ। कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बाग्लुङ।’ उनले भने, ‘माधव नेपाल देश बनाउन होइन एमाले बिगार्न कुदेका हुन्। एमालेलाई कसैले मास्न सकेन। ’ उनले राणा शासनले समेत एमाले बिगार्न नसकेको दाबी गरे।