Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

बारले माग्यो प्रधानन्यायाधीशले राजीनामा

काठमाडौं :  नेपाल बार एशोसिएसनले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ। सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।

‘प्रधानन्यायाधीशमाथि लागेका आरोपले न्यायपालिकालाई गम्भीर क्षति पुग्ने भएकाले न्यायपालिका सुधारका लागि उनले राजीनामा दिनुपर्ने आजको बैठकले निश्कर्ष निकालेको छ । पौडेलले भने समय अभावले गर्दा सल्लाहकारहरूसँग छलफल गर्न नपाएकाले भोलि छलफल गरी यसको औपचारिक निर्णय र सार्वजनिक भोलि हुन्छ।’

प्रधानन्यायाधीशको राजीनामा माग गर्दा उहाँले राजीनामा नदिएपछि के गर्ने भन्ने बारेमा योजना बनाउन पनि भोलिको छलफल डाकिएको पौडेलले बताए। प्रधानन्यायाधीशको काम कारबाहीमा सवै न्यायाधीश नै असन्तुष्ट बनेका छन्।

न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै पूर्व न्यायाधीश समाजले प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए प्रतिनिधिसभाले उनीमाथि छानविन गर्नुपर्ने बताएको थियो।

सरकारमा भागवण्डा खोजेको आरोप लागेपछि विवादमा तानिएका जबराले सोमबार बोलाएको सर्वोच्चको पूर्ण बैठक तथा मुद्दाको सुनुवाइ अरु न्यायाधीशले बहिस्कार गरेका छन्।