Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई पाए एक लाख


दैलेख  :  कर्णाली सरकारले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हालसम्म सरकारले दुई सय ८६ जनाका परिवारलाई एक लाखका दरले राहत स्वरुप उपलब्ध गराएको हो ।

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा एक लाख उपलब्ध गराउने निर्णय गरेको थियो । हालसम्म दुई सय ८६ जनाको परिवारलाई उपलब्ध गराएको मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण बहादुर रोकायले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म एक लाखका दरले दुई करोड ८६ लाख रुपैयाँ वितरण गरिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका तीन सय ८४ जनाको मुत्यु भएको छ ।

error: Content is protected !!