Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैलेखमा फुलपाती भित्र्याइयो


दैलेख  :  दैलेखमा पनि फुलपाती भित्र्याइएको छ । दैलेख सदरमुकामको चारखम्बमा पुजाँ आरधना गरिएको थियो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइने चलन छ ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता पनि छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । ‘नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।

पुजमा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वधार विकास मन्त्री अम्मर बहादुर थापा,प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेल लगायत सहभागी भएका थिए ।