Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

मोतिपुरमा भएको झडपमा चार सर्वसाधारणको मृत्यु

रुपन्देही  : रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरूमध्ये ४ जनाको मृत्यु भएको हो ।

अस्पतालका प्रशासन प्रमुख शुशील गुरुङले ८ जना स्थानीय ल्याइएकोमा ४ जनाको मृत्यु भएको पुष्टी गरे । उनले घाइते ५ मध्ये १ जनाको अवस्था गम्भीर रहेको नेपाल प्रेसलाई बताए । अस्पतालमा ५ जना प्रहरीको पनि उपचार भइरहेको छ । मृतक कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको मात्र पहिचान खुलेको छ ।

सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ । तर, आन्दोलनकारीको प्रदर्शनले स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

error: Content is protected !!