Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

विश्व मुटुु दिवस दैलेखमा पनि मनाईयो

दैलेख  :  स्वस्थ मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ दैलेखमा विश्व मुटु दिवस मनाइएको छ । जिल्लाको नारायण नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा विश्व मुटु दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले दिवसको अवसरमा नगरपालिकाका सबै स्वास्थ्य सस्था,विद्यालय, र नगरपालिकाको कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाइएको बताए । उनले प्रत्येक बालबालिका,जेष्ठ नागरिक र सेवा लिन आउँने सेवाग्राही लगायत सबैको रक्तचाप परीक्षण र आवश्यक सल्लाह दिएको बताए ।
नारायण नगरपालिकाका स्वास्थ्य शाखा सहं संयोजक लाल बहादुर खड्काले पहिलो पटक नगरपालिकामा भव्य कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले पछिल्लो समय मुटु सम्बन्धि समस्या भएका नागरिकको संख्या बढ्दै गएको बताउँदै आफ्नो मुटु स्वस्थ्य राख्न नागरिकले खानपीन र शाररिक ब्यायममा ध्यान दिन जरुरी रहेको बताए । उनले भने स्वस्थ्थ खानेकुरा,शाररिक ब्यायम ,शरिर नियन्त्रण,धु्रब्रपान र मध्यपान,रक्तचाप नियन्त्रण,मानसिक तनाव ब्यबस्थापन गरेको खण्डमा मुटु सम्बन्धि हुने समस्या बाट बच्न सकिने बताए । विश्व मुटु दिवसका अवसरमा नगरपालिकामा नेपाल हृद्धयरोग निवारण प्रतिष्ठान केन्द्रको आयोजना गरेको कार्यक्रममा सहभागीले मुटु सम्बन्धि भोेगेका समस्या र कसरी बच्न सकिन्छ भन्ने विषयमा छलफल समेत गरिएको छ ।


छलफल कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै जिल्ला अस्पताल दैलेखका डाक्टर जगत बहादुर थापाले मुटुरोग लाग्ने भनेको धड्कन सम्बन्धी समस्या र ब्लकेजलाई भित्रि कारण मानिन्छ भने बाहिरी कारणमा धूमपान, मध्यपान, कोलेस्ट्रोल, रक्तचाप बढ्नुलगायत रहेको बताए ।

उनले थाइराइड, सुगर, मोटोपना आदि कारणले पनि मुटुरोग हुने जानकारी दिए । उनले भने मुटु ढुकढुक हुनु, मुटुको चाल छिनछिनमा गडबड भएको अनुभूति हुनु, खुट्टा, अनुहार, पेट सुन्निन, बेहोस हुनु र निकै थकाइ लाग्नु मुटुरोगका लक्षण भएको हुँदा त्यस्तो भएको खण्डमा स्वास्थ्य सस्थामा गरिएर परीक्षण गर्नु पर्ने बताए ।