Loading... आजः आइतवार, बैशाख ७, २०८२
Trending

सूचना निकालेर अध्यादेश फिर्ता हुँदैन : ओली

काठमाडौं  : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताएका छन् । गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको उनले आरोप लगाए ।
काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून चाहिने बताए । संसद चलिरहेको बेलामा सांसदबाटै कानून बनाइनुपर्ने उनको भनाइ छ ।

ओलीले भने दूषित मनसायका साथ अध्यादेश ल्याइयो अहिले संसद छलेर सूचनामार्फत अध्यादेश फिर्ता भनिएको छ । अध्यादेशको कुरा, कानूनको कुरा संसदको विजनेस हो । अध्यादेश रद्द गर्न अर्को कानून चाहिन्छ । यत्तिकै फिर्ता हुँदैन । रद्द गर्नुपर्यो भने अर्को अद्यादेशको व्यवस्था गर्नुपर्छ ।’

उनले थपे, पहिलेको ऐन–कायम रद्द हुनेगरी सूचना जारी हुन सक्दैन । पहिलेको कानून अहिले कहाँ गयो सदनको बैठक चालु छ । सूचना जारी गर्न पाइँदैन । कानून परिवर्तन गर्न पाइँदैन ।’ ओलीले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको बताए