Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

सात पालिकामा काँग्रेसको अधिबेशन सम्पन्न

दैलेख  :  पाँच पालिकामा नेपाली काँग्रेस दैलेखको अधिबेशन सम्पन्न भएको छ । दैलेखका ११ स्थानीय तह मध्ये ६ वटामा निर्वाचन र एक वटामा सहमती बाट नेतृत्व चयन भएको नेपाली काँग्रेस दैलेखले जानकारी दिएको छ । नारायण नगरपालिका,नौमुले गाउँपालिका,डुगेश्वर गाउँपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिका,ठाटिकाँध गाउँपालिका,महावु गाउँपालिकामा निर्वाचन भएको छ भने दुल्लु नगरपालिकामा सर्वसहमती बाट नेृतृत्व चयन गरिएको हो ।

नारायण नगरपालिकाको नगर सभापतिमा मनोज कुमार थापा बिजयी भएका छन । उनले सुवास कुमार थापालाई पराजीत गरेका छन। मनोज कुमार थापा सभापति शेरबहादुर देउवा समूहका र सुवास कुमार वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बाट उठेका थिए । चामुण्डाबिन्द्रासैनी नगरपालिकाको नगर सभापतिमा जगत बहादुर शाही निर्वाचित भएका छन । उनले जोगी शाहीलाई ६ मतले पछि पार्दै निर्वाचित भएका हुन । सभापतिमा निर्वाचित जगत बहादुर शाही देउवा पक्ष र जोगी शाही पौड्ल पक्ष बाट निर्वाचनमा उठेका थिए ।

त्यस्तै नौमुले गाउँपालिकाको सभापतिमा गंग बहादुर शाही बिजयी भएका छन । उनले आफ्ना दुई प्रतिष्पर्धी कर्ण बहादुर शाही र मोतिलाल बस्नेतलाई क्रमस १० र १३ मतको फरक पार्दै निर्वाचन जितेका हुन । उनले आफु देउवा पक्ष बाट उम्मेदवार भएर निर्वाचित भएको बताए । डुगेश्वर गाउँपालिकाको सभापतिमा भीम बहादुर भट्ट निर्वाचित भएका छन । उनका प्रतिष्पर्धी गंगबहादुर खत्रीलाई २४ मतले पछि पार्दै उनी सभापतिमा निर्वाचित भएका हुन । सभापतिमा निर्वाचित भीम बहादुर भट्ट देउवा पक्ष र गंगबहादुर खत्री पौड्ल पक्ष बाट निर्वाचनमा उठेका थिए ।

महावु गाउँपालिकामा भने कर्ण बहादुर शाही निर्वाचित भएका छन । उनले भीम बहादुर थापा लाई हराउँदै निर्वाचन जितेको बताइएको छ । उनी पौड्याल पक्ष भनेर खुलेका छन । त्यस्तै ठाटिकाँध गाउँपालिकामा बिष्णु रिमाल गाउपालिकाको सभापतिमा निर्वाचित भएका हुन ।

दुल्लु गरपालिकामा भने नगर सभापतिमा सर्वसम्बत लाल बहादुर रावत निर्वाचित भएका छन । शनिवार बाट सर्वसहमतीमा सबै पदाधिकारीको टुंगो लगाउने भनेपछि केही पोष्टमा सहमती हुन नसक्दा आज मात्र निर्वाचित भएको घोषणा गरिएका हो