Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

एक हजार ८६ जना सङ्क्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८६ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ६६५ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ८६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ७२० वटा एन्टीजेन परीक्षण गर्दा ४७२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५।३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३५१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७४ लाख ६५ हजार ६६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ६० हजार १५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै हालसम्म ६० लाख ८३ हजार १२४ जनाले पहिलो मात्रा र ५५ लाख ७३ हजार ८० जनाले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै बिहीबारसम्म नेपालमा २५ हजार ४९७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।