Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

घाँटी रेटेर दैलेखमा शिक्षकको हत्या

 

दैलेख : दैलेखमा एक शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ । गुराँस गाउँपालिका–छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र विसीको गएराती घाँटी रेटेर हत्या गरिएको हो । झण्डै ४१ वर्षीय विसी मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने गरेका थिए ।

आज विहान दुध पु¥याउन आएका स्थानीयहरुले स्कुलको बराण्डामा शव देखेपछि प्रहरीलाई खवर गरेको थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको र केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताए । ‘घटनाबारे विस्तृत विवरण हामी साँझसम्म सार्वजनिक गर्छौं,’ प्रमुख श्रेष्ठले भने, ‘प्रहरी निरीक्षकको कमाण्डमा टोली छोटेपोखरमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढासकेको छ ।’