Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कोरोना संङक्रमित भन्दा निको हुनेको संख्या धेरै

काठमाडौं  :  पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित फेला परेका हुन् ।

शनिबार ९९४ जना संक्रमित थपिएका थिए । ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यही अवधिमा १४२३ जना निको भएका छन् ।